२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजबाट समानुपातिक मतपत्र छापिने

प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् ।



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै आजबाट शनिबारबाट समानुपातिकतर्फको मतपत्र प्रकाशन गर्ने भएको छ ।

आयोगले प्रारम्भिक चरणा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्न सुरु गर्न लागेको हो । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र भने पछिल्लो चरणमा छापिने आयोगले जनाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको आयोगले चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्नेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाई पूरा भए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुने बताए ।

प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।

प्रकाशित मिति : २०७९, २५ भाद्र शनिबार ००:००  ११ : ५९ बजे