रूपन्देही। देवदह नगरपालिकास्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसले मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ ।
विद्यार्थीलाई अध्ययनमा सहयोग हुने भएकाले यस अघि क्यापस प्रशासनले मोबाइल फोनमा कुनै बन्देज लगाएको थिएन। सामाजिक सञ्जाल टिकटकमा क्यापसको कक्षा कोठामा शिक्षककै अगाडि भिडियो बनाएको र मोबाइलको दुरुपयोग गरेको पाइएपछि शुक्रबार अनलाइन सरोकारले, क्याम्पस प्रमुख अमेरिका, कक्षाकोठामा विद्यार्थीको टिकटक रमिता शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
सो समाचारलाइ ध्यानाकर्षण जनाउदै क्यापसमा प्रशासनले आइतबार विद्यार्थीकालागि आचारसंहिता जारी गरेको छ । क्यापसले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि परिस्थितिमा मोबाइल फोनको प्रयोग गर्न नपाउने यदि नियम विपरित कार्य गरेमा क्याम्पस प्रशासनले जफत गर्ने समेत उल्लेख गरिएको छ ।
क्यापस प्रकाशनले आइतबार विद्यार्थीकालागि जारी गरेको आचारसंहिता जस्ताको तस्तै
सम्बन्धित खबर