२०८१, ६ मंसिर बिहीबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरको बन्ध्याकरण गर्दै रुरुक्षेत्र गाउँपालिका



गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा भुस्याहा कुकुरको  बन्ध्याकरण अभियान सुरु गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाले जनाएको छ ।

भुस्याहा कुकुरले रातिको समयमा ​झम्टिने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुकुरको स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

मंगलबारदेखि सुरु भएको अभियानमा कम्तीमा ५० वटा कुकुरको बन्ध्याकारण गर्ने कार्यालयले जनाएको छ। भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको समन्वयमा पशु सेवा शाखाले कुकुरको बन्ध्याकरण जारी राखेका छन् ।

प्रकाशित मिति : २०७९, २९ भाद्र बुधबार ००:००  १ : ३४ बजे