२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइँदै



काठमाडौं । आज (सोमबार) आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेका नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरे । उनको ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ फुटकर साहित्यिक कृति प्रकाशित छन् ।

राष्ट्रिय पहिचान, नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाउने गरिएको छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार ००:००  ३ : ३५ बजे