२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई ५ वर्ष सरकार चलाउन दिने हो भने नेकपा सखाप हुन्छः खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सम्म सरकार सञ्चालन गर्न दिने हो भने अर्को चुनावमा नेकपा सखाप हुने बताएका छन् । सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै उनले ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको बताएका हुन् ।

खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने बताए । ओलीको नेतृत्वका सरकार नै अनियमितताको संलग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आरोप छ ।

मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अ‍ोलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै भर्ना गरेको खनालको भनाइ छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार ००:००  १ : ४६ बजे