२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु स्मार्ट कृषिमा लैंगिक परिप्रेक्ष्य



विपिन न्यौपाने

साना तथा मझौला कृषि उत्पादन प्रणालीबाट बढाउने उत्पादकत्व र आम्दानी नै आगामी २० बर्षमा विश्वव्यापी खाद्य सुरक्षा प्राप्त गर्न महत्वपूर्ण हुने देखिन्छ । जलवायु परिवर्तनले कृषि क्षेत्र विकसित गराउने चुनौतिहरूलाई वृद्धि मात्र गर्ने हैन गुणा गरेको देखिन्छ । जलवायु परिवर्तन प्रभावहरू हरेक क्षेत्रमा महसुस भैरहको छ । हाम्रो जस्ता पहाडि र हिमाली भुभाग भएका राज्यहरु अझ जलवायुको मारमा छन् । तसर्थ, जलवायु स्मार्ट कृषि (CSA) अबको दिनमा जटिल चुनौतिहरूको सामना गर्ने एक व्यापक र कुशल समाधानको रुपमा अगाडि आएको छ । जलवायु परिवर्तनले मुख्य रुपमा महिलाहरुमा बढी असरमा परेको देखिन्छ। कृषि नीतिहरूमा लैङ्गिक एकीकरणको धारणा जलवायु परिवर्तन अनुकूल  प्रयोग गरिएको छ भन्ने सुनिश्चित गर्न निकै महत्वपूर्ण र आवश्यक देखिएको छ। यो खास गरी नेपाल जस्ता देशहरूमा आवश्यक छ, जहाँ जलवायु सम्बन्धी कमजोरी र कृषिमा महिलाको सहभागिता धैरै नै छ, साथै ज्ञान, प्रविधि, बजार र श्रमको बोझको पहुँचमा लैंगिक असमानताहरू पनि छन्।

समाजमा पुरुषत्व र स्त्रीत्वको अधिक रुपमा जैविक वर्गीकरण भन्दा पर कर्म, भाग्य वा अधिकार क्षेत्र तोकेर पुरुष र महिलाको रुपमा सामाजिक वर्गीकरणमा गरेर त्यहि अनुरुप बुझीएको छ । यहाँका मानिसहरु नर र नारी जन्मेका हुन्छन्, तर पुरुष र महिला बनि बाँच्न सिक्छन् र त्यसैलाइ स्विकार्छन । तसर्थ यस सामाजिक निर्माणलाई हेरेर, जलवायु स्मार्ट कृषि भित्रको लैंगिक विश्लेषणले स्वत महिलामा बढी ध्यान केन्द्रित गर्दछ। किनकि उनीहरू सामाजिक उत्पीडन, बेवास्ता र स्रोतहरूको पहुँचबाट अझै पनि टाढा नै रहेका छन्।

विश्व जनसंख्याको एक चौथाई भन्दा बढी प्रतिनिधित्व गर्ने महिला किसानहरू विकासोन्मुख देशहरूमा कृषि श्रम शक्तिको औसत ४३ प्रतिशत छन। यद्यपि महिलामो सहभागिता अनुरुपको अझै महिलाहरुले कृषि सम्बन्धी पुँजी, सम्पत्ति, आगतहरू र सेवाहरूमा कम पहुँच पाउँदछन्। यदि उनीहरूको उत्पादनमूलक संसाधनहरूमा पुरुष समान पहुँच रहने भए महिलाले पुरुष भन्दा उत्पादनमा २० – ३० प्रतिशतले वृद्धि गर्ने साथै समग्र कृषि उत्पादनमा २.५ देखि ४ प्रतिशत वृद्धि गर्ने एक अनुसन्धानले देखाएको छ।

तसर्थ, जलवायु स्मार्ट कृषिको उद्देश्य भनेको लैङ्गिक उत्तरदायी दृष्टिकोण अपनाउने माध्यमलाई ख्यालमा राखि साइट विशेष (CSA) संवेदनशील अभ्यासहरू विकास गर्दा कसरी कृषिमा लैंगिक भिन्नतालाई ध्यानमा राख्न सकिन्छ भनेर वर्णन गर्नु हो। यसले संकेत गर्दछ कि पुरुष र महिलाका विशिष्ट आवश्यकता, प्राथमिकता र यथार्थताहरूलाई (CSA) को डिजाइनमा उचित रूपमा पहिचान गरिनु आवश्यक छ, ताकि पुरुष र महिला दुवैले समान रूपमा लाभ लिन सक्दछन्।

एफएओले यस दृष्टिकोणलाई लैंगिक स्मार्ट बनाउनको लागि पाँच विशेष रणनीतिहरू निर्माण गरेको छ।
१. सबै (CSA) प्रोजेक्टहरूमा लैंगिक विश्लेषण,
२. महिला नेतृत्वको लागि प्रशिक्षण र समर्थन, वार्तालाप र संचार कौशल, साथै व्यवसाय सीप,
३. जलवायु परिवर्तनसँग सम्बन्धित निर्णय लिँदा महिलाको सहभागितालाई समर्थन,
४. (CSA) प्रविधिमा पुरुष र महिला दुबैलाई प्रशिक्षण र
५. महिलाको भूमी र क्रेडिटमा पहुँचका लागी कानुन र स्थानीय अभ्यासहरूमा रूपान्तरण ।

नीति, रणनीतिहरू, र दिशानिर्देशहरूले किसानहरू विशेष गरी विभिन्न आर्थिक र सामाजिक समूहका महिलाहरूको मौसम परिवर्तनमा अनुकूलन गर्ने क्षमतालाई प्रत्यक्ष प्रभाव पार्छ। राष्ट्रिय योजना आयोग, लिईबर्ड-नेपाल, सिजीआईआर-भारत र एएफयू-नेपालको समूहले सन २००७ देखि २०१७ को अवधिमा बनाइएको नेपालका बिस प्रमुख कृषि र मौसम परिवर्तन नीति र योजनाहरूको अध्ययन गरेको छ जसले कृषिमा विशेष गरी महिला किसानहरूको लैंगिक भूमिकालाई मान्यता र अनुमोदन गर्ने हदसम्मको अन्वेषण गर्दछ।

२० वटा नीति मध्ये १४ वटा नीतिले कृषिमा मौसम परिवर्तनको असरलाई मान्यता दिएको पाइन्छ तर ती मध्ये ९ वटा नीतिले मात्र अनुकूलन प्रावधान समावेश गरेको छ। लैंगिक सर्तमा, १३ वटा नीतिले कृषिमा लैंगिक विभेदकारी भूमिकालाई मान्यता दिई महिला क्षेत्रमा उनीहरूको उल्लेखनीय सहभागितामा आधारित ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई प्रकाश पार्दछ। यी मध्ये १० वटा नीति र कार्यक्रमले नीति कागजातमा महिलाको सहभागिता बढाउन, उनीहरूको सम्पतिमा सुधार ल्याउन वा उनीहरूको क्षमता विकास गर्न विभिन्न तरिकाहरूमा व्यवस्था गर्दछ। यद्यपि दुईवटा जलवायु परिवर्तन नीतिले कृषिमा मौसम परिवर्तनको लैंगिक फरक असरलाई मान्यता दिएको छ र ती मध्ये कुनै पनि नीतिले प्रभावलाई सम्बोधन गर्न कुनै योजना वा रणनीतिको प्रावधान गरेको छैन।

नेपालमा लैंगिक परिप्रेक्ष्यमा केहि नीतिहरू बनेका र केही परियोजनाहरू चलिरहेका छन्। यद्यपि अझै पनि धेरै समस्या र चुनौतीहरू छन् जसले यस दृष्टिकोणको प्रभावकारी सञ्चालनलाई प्रत्यक्ष रूपमा बाधा पु¥याएको छ। प्रति हेक्टर उत्पादनक्षमता महिलाको फार्मको तुलनामा पुरुषको फार्ममा उल्लेखनीय रूपमा बढी देखिएको छ। महिलाहरूको कृषि क्रेडिट, उत्पादक फार्म आगत, विस्तार र सल्लाहकार सेवाहरू, बजार जानकारी र मौसम जानकारीमा सीमित पहुँच र अनुकूलन उपायहरू लागू गर्न उनीहरूको  निर्णय शक्तिको कमी ले नै यस समस्या सिर्जना गरेको अनुमान गर्न सकिन्छ। महिलामा सामाजिक अवरोध, सीमित लैंगिक अनुभव टोली, सीमित कर्मचारी संसाधन र कोष र सीमित निरीक्षणले पनि लैंगिक परिप्रेक्ष्यमा धेरै चुनौतिहरू खडा गरेको पाइन्छ।

जलवायु स्मार्ट कृषिमा लैंगिक परिप्रेक्ष्यको स्थापना गर्नलाई नेपाल सरकारले लैंगिक, कृषि र जलवायु परिवर्तन गठबन्धनलाई नीतिगत रुपमा स्पष्ट पार्ने र नीति, योजना र कार्यान्वयनको बीचको सहकार्यलाई प्रोत्साहित गर्ने खाकामा आधारित नीति संशोधन गर्न जरुरी देखिन्छ। नीति संशोधनले सबै प्रावधानहरूमा लैंगिक समानता मात्र एकीकृत गर्न आवश्यक छैन, तर महिलाको पहुँच र सहभागिताको लागि प्रावधानहरूको बीचमा सावधानीपूर्वक सन्तुलन वर्गीकरण सुनिश्चित गर्नु आवश्यक छ। साथै प्रावधानहरूमा कार्य बोझ घटाएर वा कृषि सूचना र आगत पहुँचमा सुधार गरी   लैंगिक शक्ति सम्बन्ध परिवर्तन गरेर प्रत्यक्ष लाभ लिने वातावरणको निमार्ण गरिनुपर्दछ।

त्यस्तै, लैंगिक विश्लेषण र महिला र पुरुषको समान सहभागिता र संलग्नता भनेको ऋक्ब् हस्तक्षेपको आरम्भमा गर्नुपर्ने मुख्य कार्यहरू हुन् जसले साइट विशेष ऋक्ब् अभ्यासमा महिला र पुरुषको समान उदासीनता र फाइदाको लागि सहयोग पु¥याउन सक्छ। लामो अवधिमा, स्रोत, सेवा र सूचनाहरू पहुँच गराउन महिला र पुरुषले सामना गर्ने सीमितताहरू कम गर्न व्यापक परिवर्तनहरू आवश्यक हुन्छ। ऋक्ब् अभ्यास आफैंको अतिरिक्त, कृषि उत्पादकता र आय आर्जन, बचत र क्रेडिट पहुँच, पोषण र स्वास्थ्य सेवाहरु मा केन्द्रित भन्दा बाहिर गएर जलवायु परिवर्तन अनुकूलन र शमन संस्थाले महिलाको समुदाय आधारित संगठनहरुसँग साझेदारी गर्नु आवश्यक छ। यो पनि महिलाहरूको प्रभावकारी आविष्कारकहरूको रूपमा नयाँ टेक्नोलोजीहरू पहिचान गर्न, डिजाइन गर्न र विद्यमानहरूलाई उनीहरूको आवश्यकता पूरा गर्न अनुकूलन गर्न सक्षम हुने सम्भावनाको शोषण गर्ने एक तरिका हुन सक्दछ।

लेखक न्याैपाने लमजुङ क्याम्पसमा कृषि स्नातक, आठौ सत्रान्त अध्ययनरत हुन् ।

‘कृषि सराेकार र युवा समुह’ कृषि सरोकार र युवा कृषि अध्ययन गरिरहेका युवाहरुको समुह हो । याे समुहमा समग्र देश भित्रका कृषि क्षेत्रका सम्भावना, अवसर, चुनाैती, सरकारकाे कृषि नीति किसानका खेतबारीका सवाल सहित का विषयमा खोज अनुसन्धान र छलफल हुन्छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा युवा वर्गकाे सहभागिता बढाउने लक्ष्य राखेकाे याे समुहमा हुने छलफल र त्यसबाट निकालिएकाे निचाेज लेख रचनाका माध्यमबाट अनलाइन सराेकारमा नियमित प्रकाशन हुन्छ । यहाँ प्रकाशित लेख रचना र छलफल अनुसन्धान गर्नुपर्ने विषयमा कुनै सुझाव वा प्रतिक्रिया भए [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार ००:००  १ : २२ बजे