२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर: मानव अधिकार आयोग



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गदैँ कोरोनाको जोखिममा रहेर सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई उचित पारिश्रामिक दिन आग्रह गरेका छन् ।

श्रमजीवी पत्रकारलाई उचित पारिश्रामिक दिन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेको छ । पत्रकारलाई सत्यतथ्य सूचना संकलन गर्ने वातावरण कायम हुन नसकेमा नागरिकको सुसूचित हुने मौलिक हकसमेत प्रभावित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तीमा लकडाउनका कारण केही सञ्चारगृहबाट लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिइ, जिम्मेवारीबाट हटाइ तथा मानसिकरुपमा तनावसमेत दिइएकाले कारवाहीको माग गदैँ आयोगमा दर्ता गराएको उजुरीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दुई हजारभन्दा बढी श्रमजीवी पत्रकार आफ्नो पेशाबाट पलायन हुनुपरेको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार ००:००  ११ : ४५ बजे