२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ६ गते सम्मका लागि स्थगित गरिएको हो ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बैठक साउन ६ गते ११ बजे सम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । नेकपामा आन्तरिक विवाद जारी छ ।

गत असार १० देखि जारी स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । तर ओलीले राजीनामा नदिने अडान लिँदै आएका छन् ।

दुई पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १८ गतेदेखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । आज सहित १८ गतेपछि मात्र ६ पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ७ : ४० बजे