२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री विरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । इनफ इज इनफका अभियन्ताहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि छानबिन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

अभियन्ताहरू बुधबार दिउँसो आयोग कार्यालयमा गएर आरडिटी पिसिआर किट खरिदलगायतमा अनियमितता भएको भन्दै उनीहरूमाथि छानबिन थाल्न उजुरी दिएका हुन्।

इनफ इज इनफका अभियन्ताहरुले आज स्वास्थ्य मन्त्रालय मा सुचनाको हक प्रयोग गरि कोभिड १९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्च को विवरण माग गरेका छन्।

अभियन्ताहरूले ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुक महेन्द्र श्रेष्ठमाथि पनि छानबिन गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  १ : २० बजे