काठमाडौं । सरकारले बाढी पहिरोलगायत विपदबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै एकै परिवारमा एक जनाभन्दा बढीको ज्यान गए थप एक एक लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएको छ । प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ लाई सातौँपटक संसोधन गर्दै सरकारले उक्त व्यवस्था गरेको हो ।
यसअघि विपदबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत दिँइदै आइएकोमा साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि संशोधन गरेको हो ।
सरकारले एकद्वार विधिबाट राहत वितरण गर्ने भएको छ ।