२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो गाउँ बस्ती



यस बेला
गाउँ बस्तीमा
भोकमरीले राता मान्छेहरु
बिद्रोहको शंखघोष गर्ने
तयारीमा छन्
राक्षसहरुको
छक्का पञ्जाबाट उम्कन
बम र बारुद संग
पौठेजोरी खेल्न तम्तयार छन् ।
हामी फेरी एक पटक ढल्यौ / उठ्यौं
तब मेरो गांउ बस्ती रंगिएर
र रक्ताम्य भएर दुश्मनलाई
निशाना बनाएर
रगतको होली खेल्न विवश छ ।

मेरो गाउँ बस्ती रोगाएको छ
मान्छेहरु गाउँ बस्तीबाट
बिस्थापित हुँदैछन्
त्यसैलले
मेररो गाउँ बस्तीले
परिवर्तनको आगो बोकेर
प्रशव पीडामा
छटपटाएको युगको
लक्ष्यका साथ
हामी नया बिहानीको
पर्खाईमा छौं ।
-भद्रपुर,झापा

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  १२ : ०२ बजे