२०८१, ७ असार बिहीबार | Thu Jun 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्मिता, पुष्प र केकी सँगै परिश्रमीको मायाको घरबार



काठमाडौं ।  वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथा उजागर गरेका छन् ।

मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि लिएर आफ्नो मायालाई पारिवारिक तहमा कसरी लैजाने भन्ने सम्मका शब्द समेटेका छन् ।

नेपाल आइडलकी गायीका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीले स्वर दिएको उक्त गीतमा नेपाली चलचित्र क्षेत्रका स्थापित नायक पुष्प खड्का र नायिका केकी अधिकारीले अभिनय गरेका छन् । लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिएका छन् ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने प्रवीन थापाले कोरियोग्राफी गरेका छन् ।

उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् बजारमा ल्याइएको पनि गीतकार परिश्रमीले जनाए । गायक सुवेदीले नै संगीत गरेको उक्त लोकलयमा आधारित गीतमा परिश्रमीले मर्मस्पर्शी शब्दलाई समेटेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार ००:००  १० : ४२ बजे