२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्यान मार्ने धम्की आयोः लेखराज भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एमसीसी पास गर्ने पक्षमा बोले वा समर्थन गरे ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले बझाङबाट एकजना अपरिचति व्यक्तिले फोन गरेर ज्यान मार्ने धम्की दिएको जानकारी दिए ।

विषयसम्बन्धी विस्तृत अध्ययनबिनै विभिन्‍न किसिमका दबाब आउने तथा आरोप लाग्ने प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता पनि अध्ययन नै नगरी आम नागरिकको अवधारण बनेको जिकिर गरे । वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण विषयमा पनि अध्ययन नै नगरी नेटवर्किङ भन्ने भ्रम छरेको उनको आरोप छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार ००:००  १२ : ४६ बजे