२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँझ ७ बजेपछि उपत्यका प्रवेश गर्न नपाइने



काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको छ । गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यका प्रवेश गर्ने नाकामा कोरोना संक्रमण जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुलाई कोरोना संक्रमण भएको पाइएकोले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको हो ।

मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार ००:००  ३ : ४६ बजे