२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक कुकुर व्यवस्थापन गर्दै गोकर्णेश्वर नगरपालिका



काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनमा नयाँ उपाय अपनाएको छ । सडकमा छाडिएका, भुस्याहा, घाइते र अलपत्र अवस्थाका कुकुरलाई जम्मा गर्ने, उपचार गर्ने, बन्ध्याकरण गर्ने र सामुदायिक कुकुरको आतंकमुक्त नगर बनाउने उद्देश्यले गोकर्णेश्वरले सामुदायिक कुकुर व्यवस्थापनको काम थालेको हो ।

नगरपालिकाले नगरभित्रका सामुदायिक कुकुर संकलन गरेर राख्ने, उपचार गर्ने र बन्ध्याकरण गर्न वडा नम्बर ३ मा २ वटा कुकुर व्यवस्थापन केन्द्र नै सञ्चालन गरेको छ । यहाँ सडकबाट ल्याइएका सयौं कुकुरहरु राखिएको छ । त्यस्ता कुकुरलाई खाना खुवाउने, घाइते भएकालाई उपचार गर्ने र बन्ध्याकरणसमेत गरेर पाल्ने गरिएको छ ।

सामुदायिक कुकुरको समस्या समाधान गर्ने र रेबिज संक्रमणबाट नागरिक बचाउने गरी नगरपालिकाले काम गरिरहेको नगरप्रमुख दिपक रिसालले बताए । नगरपालिकाले सामुदायिक कुकुर व्यबस्थापनका काम निरन्तर गरिरहेकाले नगरभित्र कतै सामुदायिक कुकुरहरुले दुःख दिए, सवारी चलाउदा आक्रमण गर्न आए वा कुनै घाइते बिरामी कुकुर भए  नगरपालिकालाइ खबर गर्न मेयर रिसालले आग्रह गरेका छन् ।

नगरबासिको स्वास्थ्य उपचारमा संवेदनशिल भएर लागेको गोकर्णेश्वर नगरपालिकाको सामुदायिक कुकुर व्यवस्थापनको शैली पनि निकै अनुकरणिय छ ।

राम्रा भनिएका र विदेशी महंगा कुकुरलाई छोराछोरी सरह नै पाल्ने राजधानीबासीले सामुदायिक कुकुरलाई भने देख्यो कि कुट्ने, कुदाउने, भगाउने गर्ने गरेका छन् ।

नगरपालिकाले नै सामुदायिक कुकुर व्यवथापन गर्न थालेपछि गोकर्णेश्वरका स्थानीयले कुकुर देख्नासाथ नगरपालिकालाई खबर गर्न थालेका छन् । 

प्रकाशित मिति : २०८०, १ माघ सोमबार ००:००  ११ : १६ बजे