२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले जनस्वास्थ्यविद्सगँ छलफल गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्ने भएका छन् । समूदायमा कोरोना संक्रमण फैलिएपछि
रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टाइनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए । मंगलबारको छलफलमा विज्ञहरुले दोस्रो चरणको लकडाउनबारे सुझाव दिने बताइएको छ । कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् ।

पछिल्लो समय प्रदेश एक र दुई उच्च जोखिममा रहेका छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामा जोखिम देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार ००:००  ११ : ४६ बजे