२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहाराविहिन बालबालिकाको अभिभावक बन्दै बडिगाड गाउँपालिका अध्यक्ष थापा

बेसाहारा र शिक्षाको पहुँचबाहिर रहेकालाई आवास गृहमा राखेर पालिकाले पढाउने



बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा साहारा विहिन बालबालिकाको अभिभावक बनेकी छन् । गाउँपालिका भित्र रहेका बेसाहारा र शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाका लागि अध्यक्ष थापाले सुनौलो योजना ल्याएर अभिभावकत्व लिएकी हुन् ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएसँगै अधिकारबाट बञ्चित र समुदायमा संकटमा परेकाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धतासहित पदभार ग्रहण गरेकी थापाले विद्यालयमा छुट्टै आवास गृह सञ्चालन गरेर बेसाहारा बालबालिकाका लागि गाँस, बास, कपास र शिक्षाको समेत प्रबन्ध मिलाएकी हुन् ।

असाहय, अपाङ्ग बेसाहरा बालकालिकाको अभिभावकत्व लिँदै लालन पालन र शिक्षा दिक्षा दिने गाउँपालिकाको नीति बनाएर काम थालिएको छ । साहारा विहिन बालबालिकालाई स्थानीय सरकारले सबै आधारभुत आवश्यकता पुरा गर्दै शिक्षा आर्जनको अवसर दिनगरी   भानु माद्यमिक विद्यालयमा बाल आवास गृह निर्माण गरिएको छ ।

चालु शैक्षिक सत्रबाट बडिगाडमा रहेका बेसाहारा र कमजोर आर्थिक अवस्थाका कारण शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाले भानु माविमा बसेर पढ्न पाउने भएका छन् । आमा बुबा नभएका, हेरचाह गर्ने परिवारका अन्य सदस्य समेत नभएका र परिवारको आर्थिक अवस्था कमजोर भएर विद्यालय जानसक्ने अवस्थामा नरहेका बालबालिकालाई आवास गृहमा राखेर पालिकाले शिशु कक्षा देखि पढाउने मावि तहसम्म पढाउने गाउँपालिका अध्यक्ष थापाले बताइन् । शैक्षिक विकासको अभियान अन्तरगत अनुगमनका क्रममा शिक्षाको पहुँचमा पुग्न नसक्ने बालबालिका गाउँमा भेटिएकाले उनिहरुका लागि विद्यलायमै खाने, बस्ने र पढ्ने समेतको व्यवस्था मिलाइएको अध्यक्ष थापाको भनाई छ । ‘संबिधानले आधारभुत शिक्षा सबैले पाउने सुनिश्चितता गरेको छ तर गाउँघरमा अनुगमनका क्रममा जाँदा कोही त्यस्ता विद्यार्थी पनि भेटिए जो उनिहरु विद्यालय सम्म आउने र पढ्ने अवस्थामा समेत छैनन् । त्यस्ता बालबालिकालाई खोजी खोजी पढाउने र उनिहरुको भविष्य उज्जवल बनाउने हाम्रो लक्ष्य हो ।’ अध्यक्ष थापाले अनलाइन सरोकारसँग भनिन् ‘साहारा विहिन र कमजोर आर्थिक अवस्था भएका जुनसुकै उमेर र कक्षाका पनि बालबालिका हामी पालिकाबाटै व्यवस्थापन गर्नेगरी आवास गृहमा राखेर पढाउँछौं । सबै बालबालिकाले समानहिसाबले शिक्षा पाउने सुनिश्चितता गरेका छौं ।’ अध्यक्ष थापाका अनुसार हाल सम्म ४ जना त्यस्ता बालबालिका पाकिकाले छनोट गरिसकेको छ ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेकाले भर्ना अभियानमा घरदैलो गर्दा त्यस्ता विद्यार्थी पहिचान भए पालिकाले तयार गरेको आवास गृहमा राखेर पढाउने छ ।

बडिगाडमा अहिले विद्यार्थी भर्नाका लागि सबै विद्यालयले घरदैलो अभियान चलाइरहेका छन् ।

बडिगाडमा ६७ वटा सामुदायिक विद्यालय छन् । शैक्षिक विकास र गुणस्तर सुधारलार्य पालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानिय पाठ्यक्रम बनाएर आधारभुत तहमा स्थानीय पाठ्यपुस्तक लागू गर्दै शैक्षिक डायरी र वार्षिक क्यालेन्डर नै बनाएर शैक्षणिक गतिविधि सञ्चालन गरिएको छ ।

विद्यालयका भवनहरु निर्माण भइरहेका छन् । बालबालिकालाई विद्यालय झिकाऔं, टिकाऔं, सिकाऔं, हाम्रो पालिका हाम्रो गाउँ सबै बालबालिका विद्यालय पुराऔं, रमाइलो पढाइ दिगो सिकाइ भन्ने अभियान थालेको बगिगाड गाउँपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नीति लिएको छ ।

सोही अनुसार विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दि मिलान, विद्यालयको स्तरोन्नती, स्तरवृद्धि, दिवाखाजा तथा छात्रवृद्धिको न्यायोचिन वितरण, शैक्षिक सामाग्री हस्तान्तरण जस्ता काम नियमित भइरहेका छन् ।

विद्यार्थीहरु रमाइरमाइ सुविधासम्पन्न भवनमा पढ्न, अतिरिक्त क्रियाकलाप गर्न र स्थानीय उत्पादनको परिकार दिवाखाजा खान पाइरहेका छन् ।

जिल्लामै पहिलो पटक लक्षित वर्गका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरेको बडिगाड संघियतापछि बडिगाडको शैक्षिक विकासमा आमुल परिवर्तन आएको  बडिगाडका  सरोकारवालाहरु बताउँछन् ।

भिडियोमा हेर्नुहोस् बडिगाडको विकास

प्रकाशित मिति : २०८१, ७ बैशाख शुक्रबार ००:००  १२ : ०४ बजे