२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाबहिलमा एक पुरुषले आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए



चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थिइ । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।

बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् छन् ।

चञ्चलले यसअघि पनि रक्सी खाएर श्रीमीसँग झगडा गर्ने र पटकपटक मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमान्‍ले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् । प्रहरी पुगेर चञ्चललाई सम्झाएर फर्किएको थियो ।

प्रकाशित मिति : २०८१, २३ जेठ बुधबार ००:००  २ : १० बजे