२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा आजदेखि यी सेवा बन्द



काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबारदेखि १५ दिनसम्मका लागि अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले यसको नियन्त्रणका लागि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका अत्यावश्यक बाहेकका काम बन्द गरेको हो ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको शुक्रबार बसेको बैठकले उपत्यकामा अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवा यस अवाधिमा बन्द रहनेछन् ।

प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ३ : ५० बजे