२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङको बडिगाडमा खेरगएको विद्युतबाट खाना पकाउने हाइड्रोजन ग्याँस उत्पादन

परीक्षण सफल, मंसिरबाट सिलिन्डरमा भरेर विक्रिगर्ने तयारी



बाग्लुङको बडिगाडमा खेरगएको विद्युतबाट हाइड्रोजन ग्याँस उत्पादन गरिएको छ । सम्भवतः यो विश्वमै नौलो अभ्यास हो । नेपालमा त पहिलो काम नै हो ।

नेपाल जलस्रोतको धनी देश हो । यहाँका खोलानालामा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । विद्युत उत्पादन गरेका ठाउँहरुमा पनि शतप्रतिशत खपत र सदुपयोग छैन ।

सदुपयोग नभएको विद्युतलाई कसरी उपयोग गर्ने भन्ने उदाहरण अब बडिगाडले देखाउँदैछ ।

बडिगाड गाउँपालिका वडा नम्बर २ खर्वाङमा रहेको गिन्दिखोला लघु जलविद्युतबाट उत्पादन भएर खपत हुन नसकेको अर्थात खेर गएको विद्युतबाट खाना पकाउने हाइड्रोजन ग्याँस उत्पादन गरिएको छ । यो नेपालकै पहिलो र ऐतिहासिक काम हो ।

जर्मन, सुइजरल्याण्ड, लण्डन र इटलीका विज्ञहरुले बडिगाडमा खेर गएको विद्युतबाट खाना पकाउने हाइड्रोजन ग्याँस यसरी उत्पादन गरिरहेका छन् ।

यो काममा इनर्जी फाउण्डेसन काठमाडौंले सहजिकरण गरिरहेको छ ।

बडिगाडमा उत्पादित हाइड्रोजन ग्याँसको सफल परीक्षण गरिएको छ ।

विदेशी विज्ञहरुले नै गाउँ गाउँमा पुगेर यहाँ उत्पादन भएको ग्याँसबाट खाना पकाउने तरीकाको डेमो देखाइसकेका छन् ।

यो ग्याँस सिलिन्डरमा भरेर अब विश्व बजार विक्रिका लागि पठाइने छ । त्यसका लागि सिलिन्डर समेत विदेशबाटै झिकाउने तयारी छ । ग्याँस उत्पादनमा सफल बडिगाडले विक्रि र बजारीकरणका लागि समेत ६० प्रतिशत काम सकिसकेको गाउँपालिका अध्यक्ष गण्डकी थापाको भनाई छ । अध्यक्ष थापका अनुसार यहि मंसिरबाट बडिगाडमा उत्पादन भएको हाइड्रोजन ग्याँस सिलिन्डरमा भरेर उपभोक्ता कहाँ पठाउने योजना छ ।

नेपालको पनि दुर्गम क्षेत्रको एउटा स्थानीय तहले योजनावद्ध काम गर्दा कतिसम्म गर्न सक्छ भन्ने बाग्लुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको कामलाई हेरेपुग्छ ।

अध्यक्ष थापाकै योजना अनुसार देशमै पहिलो र नौलो काम हो यो । सामान्य पदिय हैसियतले गर्नुपर्ने नियमित काम सबैले गरेकै छन् तर गण्डकी थापाजस्ता केही जनप्रतिनिधि छन् जस्ले पदमा रहँदा र पावरमा छँदा दिर्घकालिन महत्व राख्ने ऐतिहासिक काम गरिरहेका छन् ।

बडिगाड गाउँपालिकाको पहल र विभिन्न दातृ निकायको प्रयासमा १ वर्ष देखि यहाँ हाइड्रोजन ग्याँस उत्पादनको काम भईरहेको थियो । गाउँकै खोलामा उत्पादन भएको ग्याँस स्थानीयले सुलभ दरमा सहजरुपमा प्रयोग गर्न पाउने छन् ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार ००:००  १० : ५४ बजे