२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रीपरिषद् बैठक आज सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ । बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्ने छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ७ : ५६ बजे