२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अभियानबाट बृहत शैक्षिक सुधार गर्दै कटुञ्जे मावि

विव्यस अध्यक्षद्धारा अध्यक्षद्धारा १,११,१११ रुपैंया सहयोग



ओखलढुंगा । कटुञ्जे माविको बृहत शैक्षिक सुधारका लागि आर्थिक अभियान सुरु गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ मा रहेको कटुञ्जे माविको शैक्षिक गुणस्तर सुधार गरी गाउँकै सामुदायिक विद्यालयमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने र व्यवसायिक, सिपमुलक र रोजगारमुलक विषयमा कक्षा १२ सम्म पठनपाठन गराउने उद्देश्यले आर्थिक अभियान सुरु गरिएको हो ।

विद्यालयको १३ औं अभिभावक भेलामा विव्यस अध्यक्ष झनककुमार कार्कीले व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंयाको चेक विद्यालयलाई हस्तान्तरण गर्दै अभियानको थालनी गरेका हुन् ।

अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिले बृहत शैक्षिक सुधारको आर्थिक तथा प्राविधिक प्रस्तावसहितको योजना पेश गरेको थियो । भेलाले आर्थिक सहयोग जुटाएर गाउँकै सामुदायिक विद्यालयमा प्राविधिक तथा सीपमुलक शिक्षा दिने, कक्षा १२ सम्म पठनपाठन गराउने र युग सुहाउँदो शिक्षा दिएर प्रतिस्पर्धी जनशक्ति गाउँमै उत्पादन हुने सुनिश्चितता दिलाएर सन्ततिको शिक्षाका लागि गाउँ छाडेर सहर पस्नुपर्ने अभिभावकको बाध्यता अन्त्य गर्ने प्रस्ताव पारित गरेको थियो ।

वडाअध्यक्ष हितराज कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे अभिभावकको भेलाले प्रस्ताव अनुमोदन गरेपछि सुनकोशी ९ का संस्थापक वडाअध्यक्ष समेत रहेका विव्यस अध्यक्ष झनक कार्कीले अभियानको सुरुवात आफैंबाट गरेका हुन् ।

अध्यक्ष कार्कीले सामुदायिक विद्यालयको शैक्षिक विकास तथा गुणस्तर सुधार गर्ने यो अभियानमा ऐक्यवद्धता जनाएर यथासक्य योगदान गर्न आवहन गरेका छन् । शैक्षिक सरोकारवाला, कटुञ्जे माविका पूर्व विद्यार्थी, स्वदेशी तथा विदेशी दातृ निकायसँग समन्वय गरेर गाउँ–सहर देखि स्वदेश–विदेशसम्म आर्थिक संकलन अभियान सञ्चालन गरिने र तीन वटै तहका सरकार समक्ष विद्यालयको बृहत शैक्षिक सुधार अभियानको दिर्घकालिन योजनाबारे प्रस्ताव पेश गरिने उनको भनाई छ । ‘विगतमा वडाअध्यक्ष हुँदा शैक्षिक विकासका लागि ठोस् कार्यक्रमहरु ल्याइएको थियो । पछि अभिभावकले विद्यालयको नेतृत्व सुम्पिएपछि दिर्घकालिन योजना बनाएर काम गरिरहेका छौं ।’ अध्यक्ष कार्कीले भने, ‘पटक–पटक शिक्षक, विद्यार्थी, अभिभावक भेला, राजधानीमा बसोबास गर्ने शैक्षिक सरोकारवाला र पूर्व विद्यार्थीसँग अन्तरक्रिया र सुझाव संकलन गरेर योजना बनाई सुधारका प्रयास गरिरहेका छौं ।’ प्रस्तावित माध्यमिक विद्यालयमा सरकारी निकायबाट प्राप्त हुने स्रोतले मात्रै शैक्षिक सुधारका रचनात्मक काम सम्भव नहुने भएकाले समय सापेक्ष शिक्षाका लागि आर्थिक संकलन गरिएको हो । प्राप्त रकम पारदर्शी बनाउन छ्ट्टै बैंक खाताबाट कारोबार र सार्वजनिकीकरण गर्ने साथै आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिने  विद्यालयको योजना छ ।

कटुञ्जे माविले पछिल्लो समय सांगितिक प्रशिक्षण, स्थानीय संस्कृतिको विकास र प्रवद्र्धन, विद्यार्थीहरुको ज्ञान, सीप र क्षमताको उजागर गर्दै नेतृत्व विकास गर्न बुक फ्री गुड फ्राइडे कार्यक्रम, कम्प्युटरको व्यवहारिक अभ्यास तथा तालिम, डिजिटल स्मार्ट बोर्डबाट प्रविधियुक्त शिक्षा, विद्यालय स्काउट विकास कार्यक्रम, मन्टेश्वरी विधिवाट पठनपाठन, हस्तलेखन अभ्यास जस्ता सुधारका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ ।

विद्यालयले नविनतम् कार्यक्रमहरु सञ्चालन गरेपछि कटुञ्जे माविमा विद्यार्थीको आकर्षण   बढेको प्रअ कृष्णप्रसाद पुडासैनीले बताए । कटुञ्जे माविमा शैक्षिक सुधार हुनथालेपछि सदरमुकाममा महंगो शुल्क तिरेर पढाएका विद्यार्थी अभिभावकले गाउँ फर्काउन र सरकारी विद्यालयका शिक्षक तथा जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई कटुञ्जे माविमा पढाउन थालेका छन् ।

कटुञ्जे माविले विद्यालयको अभियानलाई साथ दिने सरोकारवाला, कर्तव्य निष्ठ शिक्षक, उत्कृष्ट विद्यार्थीलगायतलाई नियमित सम्मान र पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, २२ आश्विन मंगलबार ००:००  ५ : १२ बजे