२०८१, ११ पुस बिहीबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाभित्रको विवाद समाधान गर्न कार्यदल गठन



काठमाडौं । पार्टी भित्रको विवाद समाधानका गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । विवाद समाधानका लागी सुझाव पेश गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन् । कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखितरूपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ ।

त्यसैको आधारमा दुवै अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्न सक्छन् ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार ००:००  ९ : ४५ बजे