२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ३६ जिल्लामा कडाई



काठमाडौं । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा अत्यावश्यक सेवा बाहेक अन्यमा कडाई गरिएको छ । सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् ।

सङ्क्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न हुने र नहुने कुराको सूची राखिएको छ । अहिलेसम्म संघीय राजधानी काठमाडौ लगायत सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, जुम्ला, बर्दिया, बझाङ, मोरङ, दार्चुला लगायतका जिल्लामा कडाई गरिएको छ ।

त्यसैगरी झापा, कञ्चनपुर, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा लगायतका जिल्लामा समेत कडाइ गरिएको बताइएको छ । तनहुँ, उदयपुर, सुर्खेत, पाल्पा, रामेछाप, चितवन र दोलखामा प्रशासन र पालिकाले पनि अवस्था हेरेर सिल गर्नेदेखि निषेधाज्ञासम्म जारी गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आइतबार ००:००  ६ : ३७ बजे