२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालयद्वारा कार्यदलको अनुमोदन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको बताए ।

त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७७, १ भाद्र सोमबार ००:००  ६ : ०४ बजे