२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको परिवारले जनाएको छ ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टि बुधबार गर्ने तयारी रहेको परिवारको सदस्य अशेष शर्माले जानकारी दिए । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले बताए ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार ००:००  १२ : ४७ बजे