२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यवसायिक कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउँदै हुम्लाको ताँजाकोट



हुम्लाको ताँजाकोट क्षेत्रका किसानलाई आफ्नो बारीमा फलेको अन्नले वर्षभरि खान पुग्दैन । यद्यपी यहाँका स्थानीयको जीवन निर्वाहको मुख्य आधार नै कृषि र पशुपालन हो ।

अन्य आयस्रोतको माध्यम नभएपछि ताँजाकोटका किसानले पुख्र्यौली पेशा कृषि त्यो पनि निर्वाहमुखी तरिकाले गरिरहेका छन्  र जसोतसो खेतीपातीबाटै उब्जाउ भएको अन्नले छाकटारिरहेका छन् ।

पुस्तौं पुस्ता देखिको यो अवस्थालाई सुधार गर्न यहाँको स्थानीय तहले नीतिगत पहल थालेको छ ।

ताजाँकोट गाउँपालिकाले व्यवसायिक कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको हो ।

रैथानेबालीको संरक्षण गर्दै आधुनिक कृषि प्रणालीमा किसानलाई आकर्षित गराएर खुर्सानी, स्याउ, दन्तेओखर, किबी, अनार, केरा र कागतीजस्ता फलफुल, तरकारी र बजारमा महंगोमा विक्रिहुने अन्नबाली पकेट विस्तार गरेर व्यवसायिक कृषि कार्यक्रम सञ्चालन गर्न र गाउँको उत्पादन शहरमा लगेर बेच्न समेत पालिकाले नै सहजिकरण गर्न थालेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । किसानले उत्पादन गरेको कृषि उपज गाउँपालिकाले नै किन्ने वा गाउँबाट किनेर शहरमा लैजाने व्यापारीलाई पालिकाले ढुवानी भाडा दिने समेतको नीति ल्याइएको छ ।

रैथानेबालीको बिउ संरक्षण, आधुनिक खेती विस्तार र उत्पादित कृषि उपजको बजारीकरण गरेर खेतीपातीबाटै आम्दानीको स्रोत बढाउने र आत्मनिर्भर बनाउने बाटो देखाएपछि यहाँका किसान दंग परेका छन् ।

ताँजाकोटमा पोषण तथा खाद्य सुरक्षा सुनिश्चितताका लागि हरेक वडामा रैथानेवाली प्रवद्र्धनका लागि एक घर एक करेसाबारी सामुहिक तरकारी खेती फलफुल खेती र विद्यालय नर्सरी तथा करेसाबारी कार्यक्रम सञ्चालनमा छ । ताँजाकोट भ्रमण गर्ने पर्यटकलाई स्थानीय उत्पादनको परिवार खुवाउने गरिन्छ ।

ताँजाकोटको समृद्धिको आधार नै कृषि र पशुपालन हो । पालिकाले अघि सारेको नीति कार्यक्रम अनुसार काम हुन सके यहाँका किसानले कृषि र पशुपालनबाटै मनग्य आम्दानी गर्नेछन् ।

प्रकाशित मिति : २०८१, २४ माघ बिहीबार ००:००  २ : ३७ बजे