२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले दर्ता गरेको छ । आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो ।

मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ । एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ ।

केही समयअगाडि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमै नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०७७, ३ भाद्र बुधबार ००:००  १० : ०८ बजे