२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा निषेधाज्ञा लागूः उल्लंघन गरे कारवाही



काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि निषेधाज्ञा लागू गरिएको छ । कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपूर र ललितपूरमा मध्यराती १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको हो ।

नषेधाज्ञा लागू भएसँगै बिहानैबाट कडाई गरिएको छ । बुधबार १२ बजेदेखि लागु हुनेगरी स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण बिहानैदेखि उपत्यकामा चहलपहल घटेको छ । मानिसहरुको आवत जावत न्युन छ भने सडकमा प्रहरीको संख्या र चेकजाँच बढाइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सन्चालन तथा मानिसहरुको हिडडुँलमा पनि रोक लगाएको छ ।

तीनबटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । र्वसाधरणलाई मर्निङ वाकमा समेत ननिस्कन अपिल गरिएको छ । मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी काठमाण्डौ प्रवेश निषेध गरिएको छ ।

जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यातायत सन्चालन ठपप रहेको छ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

के हुन्छ कारवाही ?

निषेधाज्ञामा समेटिएका आदेशको उल्लंघन गर्नेलाई कडा कारवाही हुनसक्छ । ती आदेशहरू संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएकाले आदेशको उल्लंघन गर्नेलाई पनि सोही ऐनअनुसार कारवाही हुने भएको हो ।

उक्त ऐनको दफा ३ मा त्यसरी दिइएको आदेश नमान्ने व्यक्तिलाई एक महीनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ । यही ऐनअनुसार आदेश कार्यान्वयन गर्न खटिएका अधिकृत व्यक्तिहरूको काममा बाधा पुर्‍याउनेलाई अझ कडा सजाय हुनसक्छ । सोही ऐनको दफा ३ को उपदफा २ मा त्यसरी बाधा पुर्‍याउने व्यक्तिलाई ६ महीनासम्म कैद वा रू. ६०० सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७७, ४ भाद्र बिहीबार ००:००  ४ : २६ बजे