२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना संक्रमितकाे संख्या ४५३ पुग्याे



अनलाइन सराेकार

काठमाडौं- नेपालमा बिहीबार ९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्। उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  १० : ५८ बजे