२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै



नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।

१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।

१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

जेनजी युवा आन्दोलनको क्रममा चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा भदौ २४ गते आगजनी भएको थियो । गणेशमानका छोरा कांग्रेस नेता प्रकाशमान सिंहसहित उनको परिवारलाई नेपाली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार ००:००  १० : ४६ बजे