२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाको मानेभञ्ज्याङ बजार सिल गरियाे



ओखलढुंगा । डिउटीमा खटिएका प्रहरीमा कोरोना देखिएपछि ओखलढुंगाको मानेभञ्ज्याङ बजार सिल गरिएको छ । प्रहरी चौकी मानेभञ्याङमा कार्यरत ४ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै बुधबार देखि बजार क्षेत्र सिल गरिएको हो ।

बजारक्षेत्रमा सुरक्षा र चेकजाँचका लागि खटिएका प्रहरीमा कोरोना देखिएपछि थप संक्रमण फैलन नदिन सकर्तता स्वरुप बजार सिल गरिएको मानेभञ्ज्याङ गाउँपालिका ५ का वडा अध्यक्ष रामकुमार राईले बताए । अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र संक्रमणबाट बच्ने उपायहरु अपनाउन वडाअध्यक्ष राईले वडाबासीलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ७ : १२ बजे