काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-८ ले कोरोना संक्रमितलाई प्रोत्साहन भत्ता दिने भएको छ । नगर कार्यपालिकाको निणर्य अनुसार कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका व्यक्तिका लागि प्रोत्साहन खर्च उपलब्ध गराउने भएको हो ।
कार्यपालिकाको निणर्य अनुुसार प्रति व्यत्ति रु.४०००, एकै घरको दुई जना भए रु. ६००० रकम दिइने छ । यस्तै एकै परिवारका सो भन्दा धेरै संक्रमित भएमा रु. ८००० दिइने कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका संयोजक माधव पौड्यालले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितलाई सहयोग गर्ने छिमेकी वा घर बाहिरको तोकिएको १ जनालाई समेत सहयोग गरे वापत रु. २००० दिने निणर्य गरिएको छ ।
कार्यपालिकाको निणर्य अनुुसार शुक्रबार बूढानीलकण्ठ वडा नम्बर-८ ले ४ जनालाई नगद रकम तथा स्वास्थ्य सामाग्री (सेनिटाइजर, माक्स, ग्लब्स) लगायतका सामग्री वितरण गरिएको वडाध्यक्ष सुमन तामाङले बताए ।











