२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजल : भाकलसम्म रहेछ बोकाको जिन्दगानी !



छाता धितो राखियो घामपानी सुरु भो
त्यहाँ जीउनुको छुट्टै कहानी सुरु भो

मायाको सुर्केनीले कस्यो जिन्दगीलाई
कसैलाई सम्झिएर हैरानी सुरु भो

भाकलसम्म रहेछ बोकाको जिन्दगानी
यही करा बुझेर आत्मग्लानी सुरु भो

जुनदिन काँडाको सिरान लगाएर सुतियो
फुलदेखि तर्की हिड्ने बानी सुरु भो

आफूलाई हेर्न खोज्दा तिमी देखिएपछि
त्यसपछि ऐनाहरुमा लगानी सुरु भो

दिलिप पहाडी
फिक्कल गाउँपालिका–४, सिन्धुली

प्रकाशित मिति : २०७७, १९ भदौ शुक्रबार ००:००  ९ : ०७ बजे