२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारबाट भदौ २६ गतेसम्मका लागि नगरपालिकाको सम्पूर्ण काम कारबाही बन्द गर्न लागिएको हो ।

नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिए । कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए ।

टोखा नगरपालिकामा हालसम्म २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  १ : ३७ बजे