अनलाइन सराेकार
काठमाडाैं – आगामी बजेटमा कर्मचारीको तलब वृद्धि नहुने भएको छ । बजेट ल्याउने तयारी गरेकाे सरकारले कर्मचारीकाे तलब नबढाउने संकेत गरेकाे हाे ।
हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान रहेकोमा गत वर्षको बजेटमा तलब बढेकाले यो वर्ष वृद्धि नहुने भएको हो । अर्काेतर्फ कोरोना संक्रमणबाट अर्थतन्त्र प्रभावित हुने भएकाले तलब वृद्धि गर्न सक्ने अवस्थामा सरकार नभएको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ ।