२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका ६ स्थानीय तहमा ५ बेडका कोभिड अस्पताल बन्ने, तत्काल काम थाल्न सांसद सुनुवारको आग्रह



ओखलढुंगाका ६ स्थानीय तहमा ५ बेड क्षमताका कोभिड अस्पताल बनाईने भएको छ । जिल्लाको खिजीदेम्बा, मोलुङ, लिखु, मानेभञ्ज्याङ, चिशंखुगढी र सुनकोशी गाउँपालिकामा ५ बेड क्षमताका कोभिड अस्पताल बनाईने भएको हो ।

स्थानीय तहमा यसका लागि सघीय सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमा बजेट समेत पठाएको परिपत्र गरिसकेको छ ।

ओखलढुगामा सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्रथामिक स्वास्थ्य केन्द्र छन् । अन्य ६ वटा स्थानीय तहका लागि साविकको पूर्वाधार बनेका र उपयुक्त स्वास्थ्य चौकीलाई नै अस्पतालका रुपमा स्तरोन्नती गरिने छ ।

अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानीय तहमा कोरोना संक्रमण बढ्दै गएपछि कम्तिमा ५ बेडका अस्पताल बनाउने ओलि सरकारले निर्णय गरेको थियो । सोही अनुरुप ओखलढुंगाका ६ तहले बजेट पाएका छन् । यसका लागि पहिलो चरणमा एक डाक्टर दुइ स्टाफ नर्स र एक सहयोगी कर्मचारीका लागि १० लाखका दरले प्रत्येक स्थानीय तहमा रकम निकासा भइसकेको छ ।

हाललाई अपुग बजेट स्थानीय तहबाटै व्यवस्था गर्नु पर्ने गरि अस्पताल सञ्चालन निर्देशिका समेत तयार गरि पठाइएको छ ।

आएको बजेट कार्यन्वयन गरेर तत्काल अस्पताल व्यवस्थापनको काम थाल्न संघीय सांसद यज्ञराज सुनुवारले स्थानीय तहलाई आग्रह गरेका छन् । थप बजेटका लागि सरकारसँग पहल गरिने बताउँदै सांसद सुनुवारले अहिलेको परिस्थितीमा स्थानीय तहमै अस्पताल सञ्चालनमा ल्याएर छिटो सेवा सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  ६ : ०४ बजे