२०८१, ३ जेठ बिहीबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस्, गायक जनम थुलुङको ‘तिमीलाई हेरी’ (भिडियोसहित)



काठमाडौं । गायक जनम थुलुङको नयाँ गीत सार्वजनिक भएको छ । थुलुङले शुक्रबार आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत  ‘तिमीलाई हेरी’ नामक नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । 

जेनी राईको शब्द तथा गायक थुलुङकै संगीत संयोजन रहेको गीतमा गायक थुलुङ र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । 

गीतको म्युजिक भिडियोमा प्रांक स्टार एलिश राई र अनुषा राईको अभिनय छ । भिडियोको निर्देशन स्वयम् एलिशले गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । 

पूर्वी खोटाङको ऐँसेलुखर्क गाउँपालिका-५ मा जन्मिएका गायक थुलुङको ठुल दाइले, गाउँको माया, म सिसाको मान्छे, हजारौं हजारको भिडमा, पुर्बेली ठिटोलाई, सिङ्गानी मायालु लगायतका उत्कृष्ट गीतहरू बजारमा छन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=NpSflu1S2rQ&feature=share&fbclid=IwAR3KjEZdx39p7AZ_px1ThOegLXDBzgze3WW483nFAZqdatWLSTaTuwtW89Q

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार ००:००  ९ : २७ बजे