२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजाको फोटो भएकाे नोट नचल्ने



काठमाडौं – नेपाल राष्ट्र बैङ्कले पूर्वराजाहरुको फोटो अङ्कित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । राष्ट्र बैङ्कले आइतबार बैङ्क तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै पूर्व राजाको तस्बिर अङ्कित नोट भए चलन चल्तीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो।

पूर्वराजाकाे फाेटाे अंकित नाेट

नेपाल राष्ट्र बैङ्कले ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सफा नोटहरू मात्रै बजारमा पठाउन पाउने गरी नयाँ व्यवस्था गर्दै झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रङ्ग लागेको, पूर्व राजाको तस्बिर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।

राष्ट्र बैङ्कले पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्कासन अयोग्य नोटको रूपमा वर्गीकरण गर्दै कुनै व्यक्ति वा संस्थासँग भएको नोट लगे त्यस बापत राष्ट्र बैङ्कले चलनचल्तीका नयाँ नोट दिनेछ ।

बैङ्कहरूले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्ट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रङ्गको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो क्लिप गर्ने बैङ्कका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैङ्कमा खाता भएकाले राष्ट्र बैङ्कमा र राष्ट्र बैङ्कमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैङ्कमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैङ्कले व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको नयाँ व्यवस्था अनुसार अब नोटमा बैङ्कहरूले स्टिच गर्न पाउने छैनन् । रबर, प्लास्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७७, ११ जेठ आइतबार ००:००  ४ : ०५ बजे