२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री शेरधन राईद्धारा ईदको शुभकामना : ‘नेपालीको एकता र भातृत्व कायम रहने विश्वास’



पूर्णप्रसाद न्याैपाने

काठमाडाैं – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ईद पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन् । ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्दै मुख्यमन्त्री राईले ईद जस्ता पर्वले नेपाल र नेपालीमा भ्रातृत्व र एकता कायम राख्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

ईदको शुभकामना सन्देश दिँदै मुख्यमन्त्री राईले भन्का छन्, ‘धार्मीक तथा सांस्कृतिक विविधता युक्त हाम्रो देशमा मनाईने ईद जस्ता पर्वले देश भित्र बसोबास गर्ने विभिन्न जातजाती, भाषाभाषि र धार्मीक समुदायबिच आपसि मेललमिलाप सद्भाव र भाईचाराको प्रवद्र्धन गर्दै ऐतिहासीक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सवद्धृन गर्न योगदान पुराएको छ । यसवर्ष कोरोनाको कारण पर्वहरु उत्साहतका साथ मनाउन सकिएन तर यस कोरोना भाइसरको संक्रमणबाट बच्न मेरो विशेष अपिल छ ।’ मुख्यमन्त्री राईले ईद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने पनि उनले उल्लेख गरेका छन् ।

नेपालमा मनाइने यस्ता पर्वले एकता र आपसी सदभाव बढोत्तरी हुने उनको शुभकामना सन्देशमा उल्लेख छ ।

हेर्नुहाेस् भिडियाे सन्देश :

https://www.youtube.com/watch?v=NZXWQVSeejs&feature=share&fbclid=IwAR2zTZasrbbRnGrZwaa9bCBZsuddNdzdmN1Eck6xH2BtSBckjd5EXzfPeJw
मुख्यमन्त्रीकाे शुभकामना सन्देश

प्रकाशित मिति : २०७७, १२ जेठ सोमबार ००:००  ४ : ४७ बजे