२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीमा स्थानीय पाठ्यक्रम तयार, ‘हाम्रो मन्थली’ नामको पुस्तक छापियाे



रामेछापको मन्थली नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिका क्षेत्रभित्रका समग्र विषयलाई समेटेर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

मन्थली नगरपालिका भित्रको ऐेतिहासिक तथा पर्टकीय स्थल, पहिचान, सामाजिक, धार्मिक एवम् सांस्कृतिक विषयहरु समावेस गरेर स्थानीय पाठ्यक्रम तयार पारिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरुप ‘हाम्रो मन्थली’ नामको पुस्तक प्रकाशन गरेर चालु शैक्षिक सत्र देखिनै लागु गरिएको छ ।

स्थानीय पाठ्यपुस्तक नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयलाई उपलब्ध गराउने भएको छ । चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका विध्यार्थीका लागि तयार पारिएको पाठ्यक्रम ६७ वटा सामुदायिक विद्यालय तथा ६ वटा निजी विद्यालयलाई उपलब्ध गराउने नगरपालिकाको तयारी छ ।

नगरपालिकाले तयार पारेको पाठ्यक्रम विद्यालयलाई उपलब्ध गराउने र विद्यालय मार्फत  शिक्षकलाई तालिम समेत दिएर दैनिक एक विषय स्थानीय पाठ्यपुस्तक मार्फत अध्ययान अध्ययापन हुने मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले बताए । नगरपालिकाका सबै पदाधिकारीको राय र सरोकारवाला तथा विशेषज्ञहरूको सुझाव अनुसार विषयवस्तु छनोट गरेर पाठ्यक्रम लागु गरिएकाले प्रभावकारी हुनेमा आफुहरु विश्वस्त रहेको उनको भनाई छ ।

स्थानीय विषयवस्तु समावेश गरिएको ‘हाम्रो मन्थली’ पुस्तक ६० पेजको छ । उक्त पुस्तकमा ९ वटा विषय समावेश गरिएको छ । नागरिक तथा नैतिक शिक्षा, कृषि, व्यक्तिगत तथा सार्वजनिक सुरक्षा, विपद व्यवस्थापन लगायतका विषय पनि पाठ्यक्रममा समेटिएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुपले आधरभूत तहमा एक विषयको स्थानीय पाठ्यक्रम स्थानीय तहले तयार गरी पठनपाठन गराउनुपर्ने ब्यवस्था छ । तर देशका अधिकांश स्थानीय तहले अझै पनि पाठ्यक्रम तयार गरेका छैनन् ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार ००:००  १ : २० बजे