२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

याैन दुर्व्यवहार आरोपमा वडाअध्यक्ष मेडल राई पक्राउ



ओखलढुंगा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुंगामा एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ का वडा अध्यक्ष मेडल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर आफुलाई यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले बताए । पक्राउ परेका राई विरुद्ध म्याद थप गरेर अनुन्धान थाल्ने तयारी भईरहेको उनको भनाई छ । ‘करणीको जाहेरी आएपछि हामीले नियन्त्रणमा लिएका छौं ।’ उनले भने, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भईरहेको छ ।’ घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिएपनि पीडित महिला प्रहरीमा पुगेपछि प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेको छ । राती महिला सुतेकै ठाउँमा गएर वडाअध्यक्ष राईले करणी प्रयास गरेको पीडित पक्षको आरोप छ ।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार ००:००  १२ : ५५ बजे