२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ जनामा कोरोना संक्रमित थपिए



काठमाडौं – सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।

अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : २०७७, १२ जेठ सोमबार ००:००  ११ : ०० बजे