सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमितको संख्या बढेको छ । मंगलबार एकैपटक २६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका जितेन्द्र शाहले जानकारी दिए ।
मालपोत कार्यालय सिन्धुलीका कर्मचारीका साथै केही बैंकका कर्मचारी समेत कोरोना संक्रमण देखिएपछि सिन्धुलीमाढीका ३ वटा बैंक र मालपोत कार्यालय बन्द गरिएको छ । योसँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या १३३ पुगेको छ ।
कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धुलिखेल पठाईएकोमा ५५ जनाको रिपोर्ट निगेटिभ आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
रिपोर्ट पोजेटिभ आएका २६ जनामध्ये विदेशबाट आएका कमलामाइ–६ स्थित भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका फिक्कल गाउँपालिकाका ४ जना, नेपाली सेनाका ६ जना छन ।
अरु कोरोना पोजेटिभ देखिएकामा सदरमुकामका विभिन्न गाउँमा बस्दै आएका स्थानीय व्यक्ति पनि रहेको तथा थपिएका नयाँ संक्रमित सहित अहिले सिन्धुलीमा कोरोना सक्रिय संक्रमित संख्या ४७ पुगेको छ ।
सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार, १८ जनाको एपोलो अस्पताल, एक जनाको सिन्धुली अस्पताल र दुई जनाको होम आईसोलेसनमा उपचार भइरहेको थियो ।












