२०८३, ५ श्रावण मंगलबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि भन्छन्- सरकार इमेल हैन, परीक्षण किट पठाऊ



काठमाडाैं – गत जेठ ८ गतेदेखि अछामको मेललेख गाउँपालिकामा मात्र ४ सय ७ जना मानिस भारतबाट फर्किएका छन्। धनगढीको गौरिफन्टा नाका हुँदै फर्किएका उनीहरूको एक जनाको पनि कोरोना परीक्षण गरिएन।

नाकामा आएपछि उनीहरूलाई पिसिआर त के एक जनामा पनि र्‍यापिड टेस्ट नगरी गाउँपालिकाको जिम्मा लगाइयो। गाउँपालिकाले पनि धनगढीबाट उनीहरूलाई गाडीमा मेललेख पुर्‍याए। अहिले ४ सय ७ जना नै गाउँपालिकाको क्वारेन्टिनमा रहेको अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए।

तर क्वारेन्टिनमा पनि उनीहरूको कोरोना परीक्षण गर्न सकिएको छैन। अध्यक्ष बोहराले किट नहुँदा परीक्षण गर्न नसकिएको बताए।

‘हामीसँग र्‍यापिड टेस्ट किट पनि छैन, अब कसरी परीक्षण गर्ने?,’ उनले भने। अध्यक्ष बोहराले क्वारेन्टिनमा भएकाहरूलाई पनि व्यवस्थापन गर्न नसकिएको बताए। -सेताेपाटी

प्रकाशित मिति : २०७७, १४ जेष्ठ बुधबार ००:००  १ : ४८ बजे