२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहका ४४ जना कर्मचारीको सरुवा : १२ जिल्लामा फेरिए सिडिओ



ओखलढुंगा – ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको सरुवा भएको छ । ओखलढुंगामा जनपक्षीय प्रशासकको पहिचान बनाएर काम गरेका प्रमुख जिल्ला अधिकारी आचार्यको डिल्ली बजार कारागार कार्यालय सरुवा भएको हो ।

नियमित काम सँगै जिल्ला प्रशासन कार्यालय भित्रबाटै आन्तरिक सुधारको पहल थालेका आचार्यले जिल्लामा सार्वजनिक सेवा प्रवाह, शुसासन र पारदर्शीता सहित कोरोनाको कहरका बेला पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । जिल्ला स्थित भिजन एफएम मार्फत मासिक हरेक महिनाको १ गते जिल्लाबासी जनतासँग समसामयीक विषयमा सवाल जवाफ गर्ने गरेका उनले जिल्लामा सञ्चार तथा प्रविधि मैत्री भएर काम गरेका थिए । प्रमुख जिल्ला अधिकारीहरुको जिल्ला बसाइ सामान्यतया बढीमा एक वर्षको हुने चलन छ । आचार्य जिल्लामा आएको पनि करिब १ वर्ष पुगेको छ । नियमित प्रक्रिया अनुसार सरुवा भएका आचार्यले आफ्नो ओखलढुंगा बसाई सुखद् भएको प्रतिक्रिया दिएका छन् । सरुवा भएपछि भिजन एफएमसँग कुरा गर्दै आचार्यले ओखलढुंगा बसाई सफल भएको र केही नयाँ आयामहरु सुरुवात गरेको बताएका छन् ।

ओखलढुंगामा नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न कृष्ण पौडेल आउने भएका छन् । विभिन्न जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरेको अनुभव भएका पौडेललाई गृह मन्त्रालयबाट ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।

सोमबार गृह मन्त्रालयले ओखखलढुंगा सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो ।

सोमबार प्रकाशित सरुवा सूची अनुसार ओखलढुंगा, सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला,संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १९ जेठ सोमबार ००:००  ४ : ४८ बजे