२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व कृषिमा सलहको प्रभाव र नेपाल आउने न्यून सम्भावनाको कारण ?



वीरेन्द्र तिवारी

सलह फट्याङ्ग्राको एक प्रजाती हो। फट्याङ्ग्राका प्रजाति मध्ये मरुभुमि प्रजातिको फट्याङग्रा लाइ सलह भनिन्छ र यो फट्याङ्ग्रा यस प्रजातिकै सबैभन्दा खतरनाक मानिन्छ । योएक प्रकारको फौजी किरा भएकोले बथानमा हिड्ने गर्दछ । एउटै बथानमा करिब २० करोड भन्दा बढी फट्याङ्ग्रा हिड्ने गर्दछन ।

मरुभुमी प्रजातिको फट्यांग्राको झुण्ड एक दिनमा १ सय ५० किलोमिटर सम्मको यात्रा तय गर्न सक्छ । विश्व खाध संगठन (FAO)काअनुसार एक वयस्क सलहलेएक दिनमा आफ्नो तौल बराबरको बालीनाली खान सक्छ र एक वर्ग कि. मि.मा झण्डै ४ करोड ब्यस्क सलह हुन्छन्, जसले एकै दिनमा ३५ हजारलाई २ छाक पुग्ने खाधान्न खान्छन् । यस कीराले प्राय धेरै जसो वनस्पति खान सक्छ र बिरुवाको पात, फल, फुल, बोक्रा र टुप्पो नष्ट गरी क्षति पुर्याउछ।

सन २०१८ को मे महिनामामेकुनुसाइक्लोनर सन २०१८ कै अक्टूबर मा देखा परेकोलुवान साइक्लोनले गर्दा भारी बर्षा भइ यस फट्याङ्ग्राको बृद्धिभएको अध्यनले देखाएको छ ।ओमन र यमन देशबाट प्रजनन् र बृद्धि शुरु भएको यि फट्याङ्ग्रहरुले हालसम्म विश्वको धेरै देशहरुमा बालीनाली सखाप पारि अर्बौ बराबरको बालीनाली क्षति गरि सकेको छन् ।

यस सलह किराले अफ्रिकि मुलुकहरुमा सबै भन्दा बढी माहामारी निम्तयको छ । अफ्रिकि देश ईथोपिया, केन्या, सोमालिया र युगान्डामा ठुलो मात्रामा क्षति पुर्यायको देखिन्छ।
दक्षिण एसियाका मुख्य गरि पाकिस्तान, ईरान र भारतमा सलह माहामारीको प्रकोप देखिएको छ ।हाल यि फट्याङ्ग्राहरु पाकिस्तान र इरानबाट भारतका पाँच वटा प्रदेशहरु राजस्थान, पन्जाब, हरियाणा, मध्य र उत्तर प्रदेश प्रबेश गरि उखु लगायतका अन्य हिउदेबालीहरुमा ब्यापक बिनास गरिरहेको समाचारहरू अइरहेको छ ।

भारतको उत्तर प्रदेश नेपालसंग जोडिएकोले नेपाल पनि उक्त फट्ङ्ग्राको जोखीम क्षेत्र हुन सक्ने अनुमान गरि विभिन्न समाचारहरूकेहि दिन अघि सम्म प्रकासित भएका थिए ।तर हाल नेपाल कृषि अनुसन्धान परिसध (नार्क) र सलहको अनुसन्धान गर्न कृषि तथा पशुपन्छी मन्त्रालय द्वारा गठित टाक्स फोर्सका अनुसार सलह नेपाल अउने सम्भावना न्युन रहेको बताइएको छ ।

यस किरा नेपाल अउने सम्भावना किन न्यून ?

विश्व खाध संगठन (FAO) ले केहि समय अगाडि नै सलय नेपाल आउने सम्भावना कम रहेको बताइसकेको थियो । र यस कुरा अहिले आएर नार्कको अध्ययनले पनि पुष्टि गरेको छ ।
यस फट्याङग्रा मरुभुमि वा समान प्रकारको हावापानिमा रमाउने भएकोले नेपाल आउने सम्भावना कम छ ।सलहलाई चाहिने वातवारण भनेको धेरै सुख्खा क्षेत्र हो र भारतमा जस्तो धेरै सुख्खा क्षेत्र नेपालमा नभएकाले यसका लागि वातावरण त्यति पायक नहुने देखिन्छ ।

यो किरा फैलन हावाको बहाब पनि महत्वपुर्ण भमिका खेल्छ । नेपालमा पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वतर्फ हावा बहन्छतर भारतकोराजस्थानबाट नेपालमा आउनका लागि दक्षिणदेखि उत्तरतर्फ हावाको बहाव हुनुपर्छ । यो सम्भावना कम रहेको विज्ञहरू बताउछन् ।

सलह चिसो क्षेत्रमा बाँच्न सक्दैन, अब नेपालमा मनसुन सुरु हुन लागेको छ । पानी पर्ने बित्तिकै फैलावटको सम्भावना कम हुन्छ । नार्कका वैज्ञानिकहरूका अनुसार सलहआयोभनेठूलो समूहबाट टुक्रा भएर आउने सम्भावना हुनसक्छ तर सम्भावना न्यून छ । त्यसैले आउँदैन भनेर त बस्नुभन्दा पनि सचेत र नियन्त्रणका लागि तयारी बस्न जरूरी हुन्छ।

   Producer and Presenter @कृषि सेराेफेराे
   Vice-President @NYCA-Lamjung
   Studying B.Sc. AG @ IAAS Lamjung

याे पनि पढ्न छुटाउनुभयाे कि ?

https://onlinesarokar.com/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a3%e0%a5%80-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f/

‘कृषि सराेकार र युवा समुह’ कृषि सरोकार र युवा कृषि अध्ययन गरिरहेका युवाहरुको समुह हो । याे समुहमा समग्र देश भित्रका कृषि क्षेत्रका सम्भावना, अवसर, चुनाैती, सरकारकाे कृषि नीति किसानका खेतबारीका सवाल सहित का विषयमा खोज अनुसन्धान र छलफल हुन्छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा युवा वर्गकाे सहभागिता बढाउने लक्ष्य राखेकाे याे समुहमा हुने छलफल र त्यसबाट निकालिएकाे निचाेज लेख रचनाका माध्यमबाट अनलाइन सराेकारमा नियमित प्रकाशन हुन्छ । यहाँ प्रकाशित लेख रचना र छलफल अनुसन्धान गर्नुपर्ने विषयमा कुनै सुझाव वा प्रतिक्रिया भए [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७७, २७ जेठ मंगलबार ००:००  १० : १२ बजे