२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ हजार नेपाली स्वदेश ल्याइने



काठमाडाै‌ं – सरकारले विभिन्न देशबाट २४ हजार नेपालीलाई स्वदेश फर्काउने भएको छ।

परराष्ट्र मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई उपलब्ध गराएको स्वदेश फर्काउने सूचीमा विभिन्न ३० देशका २४ हजार १ सय ४८ जना छन्।

जसमध्ये मलेसियाबाट सबैभन्दा बढी ६ हजार ४ सय ३५ जना आउँदैछन् भने लाओसबाट २ जना आउने भएका छन्। सरकारले यसअगाडि विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल फर्किन चाहनेको सूची तयार पार्न सम्बन्धित देशमा रहेका नियोगहरुलाई निर्देशन दिएको थियो।

विभिन्न नियोगहरुबाट प्राप्त संख्या अनुसार अमेरिकाबाट ५ सय ४३, ब्रिटिस टेरीटोरीबाट ४९, क्यानडाबाट ७८, साउदी अरबबाट ३ हजार ३ सय १२, युएईबाट ४ सय १०, बहराइनबाट ३ सय ७२, इजरायलबाट ३९, युगाण्डाबाट १ सय ६१ नेपाली आउने भएका छन्।

नइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३ हजार ६ सय ८, थाइल्याण्डबाट ३ सय ५७, सिंगापुरबाट ६१ र कम्बोडियाबाट ४१ जना आउने भएका छन्।

त्यस्तै भियातनमबाट ४, जापानबाट ९ सय १६, कोरियाबाट २ सय ८२, बंगलादेशबाट १ सय ८०, श्रीलंकाबाट ३६,पाकिस्तानबाट १ सय २५, डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डबाट ७६,ओमनबाट ६ सय ५६, साइप्रसबाट ४ सय ७१, कुबेतबाट २ हजार ९ सय ९१, माल्दिभ्सबाट ७ सय २४ र अष्ट्रेलियाबाट १ हजार ३ सय रहेका छन्।

यसअघि युएईबाट १ सय ६७ र म्यानमारबाट २६ नेपाली नेपाल आइसकेका छन्।

यसैबीच आज राति अष्ट्रेलियाबाट ११ जना नेपाली आउँदैछन् भने बुधबार २ सयदेखि ३ सयसम्म नेपाली युएईबाट आउने सिससएमसी स्रोतले सेतोपाटीलाई बतायो।

‘अष्ट्रेलिया र युएर्इबाट आउनेको मोटामोटी संख्या भनिएको छ तर को को आउँदैछन् र कुन जहाजबाट आउँदैछन् भनेर जानकारी आइसकेको छैन’ सिसिएमसी स्रोतले भन्यो।-सेताेपाटी

प्रकाशित मिति : २०७७, २७ जेठ मंगलबार ००:००  ११ : ०० बजे