२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा काेराेना जाँच्न कांग्रेस नेता खतिवडाकाे माग



काठमाडाैं – ओखलढुंगामा पिसिआर परीक्षण बढाउन पूर्व सांसद रामहरि खतिवडाले पहल थालेका छन् । नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुंगाका पूर्व सांसद समेत रहेका नेता खतिवडाले ओखलढुंगा जिल्लाका नागरिकको कोरोना परीक्षणको दायरा बढाउन पहल थालेका हुन् ।

नेता खतिवडाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर माथिल्लो सगरमाथा क्षेत्रका नागरिको सहज स्वास्थ्य परीक्षणका लागि ओखढुंगामा कोरोना जाँच्ने मेसिन राख्न आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँगको भेटमा नेता खतिवडाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई केन्द्रित गरेर ओखलढुंगामा पिसिआर मेसिन र जनशक्ति राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जिल्लामा कोरोनाको संक्रमण नदेखिए पनि ढुक्क हुने अवस्था नरहेकाले परीक्षणलाई सहज बनाउन खतिवडाले माग गरेका थिए । ‘खुसीको कुरा ओखलढुंगामा संक्रमित भेटिएका छैनन् तर त्यहाँका नागरिकको पनि त स्वास्थ्य परीक्षण त गर्नुपर्छ, त्यो जिल्लामै गर्नुपर्छ धरान सम्म लैजान वा राजधानी ल्याउन गाह्रो हुन्छ ।’ मन्त्री ढकालसँग नेता खतिवडाले भने, ‘ भारत सहितका विभिन्न मुलुकबाट धेरै जिल्लाबासी गाउँ फर्किएका छन् । चहलपहल उस्तै छ । अहिले संक्रमण देखिएन भनेर नजाँचि बस्ने हो भने भोलि झन भयानक समस्या हुन सक्छ त्यसैले जिल्लाबासीको कोरोना परीक्षण गर्ने सहज व्यवस्था मिलाईदिनु प¥यो ।’ खतिवडाले स्वास्थ्य परीक्षण गराएर संक्रमण भए नभएको निश्चित भए संक्रमितको उपचार हुने र अन्यमा त्रास नहुने भएकाले परीक्षणको व्यवस्था मिलाउन पहल गरेको बताए ।

खतिवडाको प्रस्ताव पछि स्वास्थ्यमन्त्री ढकालले तत्काल जिल्ला जिल्लामा पिसिआर परीक्षण मेसिन राख्ने सम्भावना नभएपनि त्यस क्षेत्रका नागरिको कोरोना परीक्षण गराउने सहज व्यवस्था मिलाउने आश्वासन दिएका छन् । पिसिआर मेसिन व्यवस्था गरिएपनि दक्ष जनशक्ति र कुनै त्रुटि भए त्यसबाट निम्तने समस्या झन बढी हुने भएकाले जिल्लामै पिसिआर मेसिन राख्ने भन्दा पनि धुलीखेल अस्पतालमा पिसिआर ल्याएर परीक्षण गराउने मन्त्री ढकालले आश्वासन दिएका छन् । धरान लैजान समस्या भए धुलीखेल ल्याउने व्यवस्था मिलाउने र त्यस क्षेत्रका लागि पिसिआर ढुवानी गर्ने छुट्टै सवारी व्यवस्थापन गर्ने मन्त्री ढकालले बचन दिएका छन् ।

कांग्रेस नेता खतिवडा कोरोनाको कहरका बेला निकै सकृय भएर जिल्लाका सवालमा पहल गरिहेका छन् ।

प्रकाशित मिति : २०७७, ३० जेठ शुक्रबार ००:००  १० : ३० बजे