२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका शिक्षकका लागि अनलाईन प्रशिक्षण हुने



काठमाडाै‌ं – गणित शिक्षा परिषद् प्रदेश १ को आयोजनामा देशभरका शिक्षकका लागि अनलाईन प्रशिक्षण हुने भएको छ । यहि असार १ र २ गते दुई दिन बिहान ७ देखि ९ बजे सम्म दुई घण्टा जुम मार्फत भर्चुअल प्रशिक्षण हुने भएको हो ।

प्रोफेसर डा. प्रकाशमुनी बज्राचार्य र रमेश प्रसाद अवस्थी सहितका विज्ञहरुद्धारा हुने प्रशिक्षणमा सहभागि हुन देशभरका शिक्षकलाई आवहन गरिएको गणित शिक्षा परिषद् प्रदेश १ का अध्यक्ष जीवनकुमार नेपालले बताए ।

पाठ्यक्रमले निर्धारण गरेका विषय, त्यसको समिक्षा, सुधारात्मक पक्ष र कोरोनाको विपद्का बेला विद्यार्थीको सिकाई निरन्तरता र अबको योजना सहितका विषयमा प्रशिक्षण हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेठ शनिबार ००:००  २ : ११ बजे